१ कार्तिक २०८३, शनिबार

रवि लामिछानेको नागरिकता प्रकरणबाट सत्ता समीकरणमा फेरबदल आउँदैन : शंकर पोखरेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणबाट सत्ता समीकरणमा कुनै फेरबदल नहुने स्पष्ट पारेका छन् ।

वर्तमान सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित नै निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको उनले बताए ।

महासचिव पोखरेलले राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण नबिथोलिने स्पष्ट गरेका छन् ।

उनले विगतमा पीआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरू नेपाल फर्किँदा स्वत: नेपाली नागरिक भएका आम अभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको बताएका छन् ।