१ कार्तिक २०८३, आइतबार

रवि लामिछानेले फिर्ता गरे राहदानी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राहदानी फिर्ता गरेका छन् ।

उनले आइतबार राहदानी विभागमा पुगेर राहदानी बुझाएका हुन् । उनले पुरानो नागरिकताबाट लिएका राहदानी फिर्ता गरेका हुन् ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता पुन कायम गराएका थिए । लामिछानेले पुरानो निष्क्रिय भइसकेको नागरिकताबाट राहदानी निकालेको भन्दै मुद्दासमेत परेको छ ।

त्यससम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।