१ कार्तिक २०८३, आइतबार

रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । रवि लामिछाने पुन: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी सभापति पदबाट पदमुक्त भएका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: कायम गराएपछि पुन: पार्टी सभापति बनेका हुन् । आइतबार अपरान्ह बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई पुन सभापति बनाउने निर्णय गरेको हो ।

लामिछाने पदमुक्त भएपछि डीपी अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।