
काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । राष्ट्रपतिको निर्वाचनका विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको बताइएको छ ।
यस्तै, गृहमन्त्री नियुक्तका विषयमा पनि छलफल भएको बताइएको छ । रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृहमन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने तयारी गरेका समेत बताइएको छ ।















प्रतिक्रिया