१ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेलाई रिहा गर्ने अदालतको आदेशविरुद्व सर्वोच्चमा रिट दर्ता गर्ने तयारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको हो ।

सोमबारसम्ममा रिट दर्ता भइसक्ने जानकारी दिइएको छ । गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

लामिछानेले बलात्कार आरोप खेपिरहेका छन् ।