
काठमाडौं, १५ माघ । गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मुसिकोट नगरपालिका-७ वामिटक्सारकी ५७ वर्षीया गंगा शेरचन घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् ।
उनको हात खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घरमा उनी एक्लै बस्दै आएकी थिइन् ।
घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया