
काठमाडौं, १५ माघ । रावि लामिछानेले नागरिक पुन: प्राप्ती गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।
आज दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने बारेमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद गुमाएका थिए ।
त्यसपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति बनाएको थियो ।
केन्द्रीय समितिबाट सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी छ ।
लामिछाने सांसद नरहेकाले संसदीय दलको नेता भने श्रमन्त्रीसमेत रहेका अर्याललाई नै निरन्तरता दिने तयारी छ ।















प्रतिक्रिया