१ कार्तिक २०८३, आइतबार

रवि लामिछानेलाई पुन: रास्वपाको सभापति बनाउने तयारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेलाई पुन सभापति बनाउने तयारी गरिएको छ ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: कायम गराएपछि उनलाई पुन सभापति बनाउने तयारी भएको हो ।

शुक्रबार सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई दोषी ठहर गरेपछि उनको पार्टीको सभापति पद गुमेको थियो । यस्तै, उनले सांसद पद पनि गुमाएका छन् ।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री पदबाट पनि राजीनामा दिएका थिए ।