१ कार्तिक २०८३, आइतबार

पोखरामा आत्मदाहको प्रयास, २ जनाको गम्भीर अवस्थामा उपचार हुँदै

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । पोखरामा २ जनाले आत्मदाहको प्रयास गरेका छन् ।

जलिरहेको अवस्थामा उनीहरुलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

आत्मदाह प्रयास गर्नेमा पोखरा महानगर १३ काहुँखोलाका ४३ वर्षका कृष्णबहादुर क्षेत्री र संगीता सापकोटा रहेका छन् ।

कृष्णबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको बताइएको छ।

घटनाबारेमा थप खुल्न बाँकी रहेको छ ।