१ कार्तिक २०८३, आइतबार

क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जनाको राजीनामा माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जनाको राजीनामा मागिएको छ ।

क्यानकै पदाधिकारीले चन्दसहित ५ जनाको राजीनामा माग गरेका हुन् । नेपाल टी ट्वेन्टी लिगमा फिक्सिङ भएको घटनालाई लिएर चन्दसहित ५ जनाको राजीनामा माग गरिएको हो ।

केन्द्रिय सदस्यहरु ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले उनीहरुको राजीनामा माग गरेका हुन् ।

उनीहरुले नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको चन्दले नै स्वीकारेको भन्दै कारबाहीको माग गरेका हुन् ।

फिक्सिङमा चन्दसहितका पदाधिकारीहरु नै संलग्न रहेको उनीहरुले आरोप लगाएका छन् ।