शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १४ गते २०:४२

काठमाडौं, १४ माघ । निर्वतमान गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएपछि खाली भएको गृहमन्त्रायको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै तोकेकी हुन् । सर्वोच्चको फैसलापछि लामिछाने सबै पदबाट पदमुक्त भएका थिए ।

यस्तै, रविको पक्षमा शनिबार पनि काठमाडौंमा प्रदर्शन भयो । न्यायालयले रविमाथि अन्याय गरेको आरोप लगाउँदै उनका समर्थकहरुले माइतीघर मण्डला र नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

हेरौँ शनिबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. गृहमन्त्रालय पनि प्रचण्डकै जिम्मामा : गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै, संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम गृहमन्त्रालयको जिम्मेवारी पनि प्रचण्डलाई नै दिइएको राष्ट्रपति कार्यालयको भनाइ ।

२. समिकरण टुट्नु हुँदैन : राजनीतिक स्थायित्वका लागि वर्तमान समिकरण टुट्न दिनु नहुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाई, चौतर्फी घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको धारणा ।

३. अस्थिरतामा लैजाने खेल हुँदैछ : मुलुकलाई अस्थिरताको दुश्चक्रममा फसाउने प्रयास भइरहेको नेकपा एमाले महासचिव शंकर पोखरेलको धारणा, दुश्क्रमलाई सामना गर्न एमाले तयार रहेको भनाइ ।

४. सराहनीय काम : आफ्नो कार्यालयको दानपेटिकामा जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब थपेर दुर्गम क्षेत्रको विद्यालयलाई सहयोग गर्ने, विद्यालय छनौट हुन बाँकी ।

५. स्वास्थ्यमन्त्रीको दाबी : नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको दाबी, सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको भनाइ ।

६. अडान कायमै छ : आफ्नो पार्टीको मागहरु पूरा नभएसम्म संघ र प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने नागरिक उन्मिुक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अडान, सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरु प्रतिवद्ध रहेको भनाइ ।

७. जालान् त नेकपा एसमा ? : वामदेव गौतम पनि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गर्ने तयारीमा, पार्टी प्रवेशका लागि राखे शर्त ।

८. सर्भरमा समस्या आएपछि… : शनिबार सरकारी सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडानसमेत डेढ घण्टा प्रभावित ।

९. रविको समर्थनमा सडकमा : निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समर्थनमा काठमाडौंको नयाँ बानेश्वरमा पदर्शन, अदालतले अन्याय गरेको भनाइ ।

१०. अभिनेत्री कि राजनीतिज्ञ ? : पत्रकार ऋषि धमलाकी पत्नी अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश, पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने तयारी ।

११. द्वन्द्व ननिम्त्याउँ : संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको आग्रह, संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको भनाइ ।

१२. अब नयाँ ढंगले जानुपर्छ : कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यको धारणा, कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको भनाइ ।

१३. हतियारसहित पक्राउ : धनुषामा पेस्तोलसहित २ जना पक्राउ, पक्राउ पर्नेमा २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो ।

१४. लडाकु विमान दुर्घटना : भारतमा दुई लडाकु विमान आकाशमै एकापसमा ठोक्किएर दुर्घटना हुँदा १ जना पाइलटको मृत्यु, दुई पाइलटको सकुशल उद्दार ।

१५. एपीएफलाई उपाधी : पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि एपीएफ क्लबलाई, पुरुषतर्फको उपाधि गण्डकीले जित्यो ।

 

प्रतिक्रिया
सम्बन्धित