१ कार्तिक २०८३, आइतबार

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी छ: मोहन वैद्य

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ माघ । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा इन्द्रमोहन सिग्देलद्वारा लखित विचारधारात्मक संघर्ष पुस्तकको परिचर्चा कार्यक्रममा महासचिव बैद्यले कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको अवस्थामा यसलाई नयाँ ढगले संगठित गर्न जरुरी रहेको बताएका हुन् ।

उहाँले कठिन संघर्षकाबीचबाट कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नु पर्ने बेला आएको पनि धारणा राखे ।

उनले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन बिभिन्न शक्तिसंग एकताको कुरा भएपनि विप्लव नेकपा भने एकताबाट पछि हटेको जिकिर गरे ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका सिग्देलद्वारा लखित पुस्तकमा पछिल्लो अवधिमा लेखिएका तीन दर्जन जति आलेखहरुलाई विचार, राजनीति, अर्थराजनीति, सङ्गठन, राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय तथा विविध जस्ता भागहरुमा वर्गीकरण गरि समावेश गरिएको छ ।