
काठमाडौं, १४ माघ । प्रहरीले धनुषाबाट हतियारसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया