१ कार्तिक २०८३, आइतबार

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन: वरिष्ठ उपाध्यक्ष पोखरेल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् ।

उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरस: पालना गर्नुपर्ने बताए।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा शनिबार दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताए । एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो ।

“एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हुँदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

अहिलेको समीकरण राजनीतिक स्थायित्वका लागि भएको उल्लेख गर्दै पोखरेलले हिजोको कमीकमजोरीबाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। एमाले मत मिलाउने मात्रै नभई मन मिलाउने पार्टी भएको उनले बताए ।