१ कार्तिक २०८३, आइतबार

मुलुकलाई अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस हुँदैछ: महासचिव पोखरेल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले मुलुकलाई गम्भीर दुश्चक्रममा फसाउने कोशिस भइरहेको बताएका छन् ।

एमालेले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको ‘शहीद स्मृति कार्यक्रम’मा बोल्दै पोखरेलले मुलुकलाई दुश्चक्रममा फसाउने कोशिस भइरहेको र त्यसलाई सामना गर्न नेकपा एमाले तयार रहेको बताएका हुन् ।

‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ। त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ।’ पोखरेलले भने।

महासचिव पोखरेलले एमालेले शहीदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि बताए ।