१ कार्तिक २०८३, आइतबार

रवि पछि सागरलाई पनि मुद्दा लाग्ने डर !

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्व डडेल्धुराबाट उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकालले आफूलाई पनि मुद्दा लाग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा लेख्दै सागरले आफूलाई पनि मुद्दा लाग्न सक्ने आशंका व्यक्त गरेका हुन् ।

रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा लेख्दै सागरले आफूलाई पनि मुद्दा लाग्न सक्ने आशंका व्यक्त गरेका हुन् ।

उनले अदालतको नजिर ठिक भएको तर मनसाय गलत देखिएको टिप्पणी गरेका छन् ।

‘गुलेली झन् तन्किएको छ । पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस्,  देश बनाउन आउनुस्। संयोगवश आजै पूजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौँ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।