शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १३ गते २२:५९

काठमाडौं, १३ माघ । शुक्रबार साँझ देशकै माहोल एकाएक गर्मायो ।

नागरिकता मुद्दा खेपिरहेका रवि लामिछानेको विपक्षमा सर्वोच्च अदालतले फैसला सुनाएपछि उनी अनागरिक ठहरिए । अदालतको फैसलासँगै उनी सबै पदबाट पदमुक्त भए ।

यसैबीच, रवि निर्वाचित चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । रवि लामिछानेको सांसद पद पनि खारेज भएपछि उक्त क्षेत्र रिक्त भएको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति घोषणा गर्नेछ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. रविको विपक्षमा फैसला : नागरिकता मुद्दामा रवि लामिछाने सर्र्वोच्च अदालतबाट दोषी ठहर, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खारेज ।

२. हातबाट सबै गयो : सर्वोच्चको फैसलासँगै रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष बुझाए राजीनामा, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदमा पनि बस्न नपाउने ।

३. रविको प्रतिक्रिया : सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने रवि लामिछानेको भनाई, आफू अनागरिक बनेको प्रतिक्रिया ।

४. राष्ट्रिय सहमति खोजिन्छ : राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्र स्थायी कमिटी बैठकको निर्णय, राष्ट्रिय सहमतिका लागि माओवादीले नै पहल गर्ने ।

५. गृह पनि प्रधानमन्त्रीकै जिम्मामा : रवि लामिछानेले पदबाट राजीनामा बुझाएपछि रित्त रहेको गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सम्हाल्ने, गृहमन्त्री बनेका ३२ दिनमै रवि पदमुक्त ।

६. रविको क्षेत्रमा उपनिर्वाचन : रवि लामिछाने निर्वाचित चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने, निर्वाचनको मिति निर्वाचन आयोगले घोषणा गर्ने ।

७. अर्धवार्षिक समिक्षा हुने : आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्ने अर्थमन्त्रालयको तयारी, बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको नेतृत्वमा समिति गठन ।

८. राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै : राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने, निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्न संघीय संसदका महासचिव भरतराज गौतमलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको आदेश ।

९.सबै कार्यक्रम स्थगित : राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक र संगठन विस्तारका सबै कार्यक्रम स्थगित, संयम्ताका साथ प्रस्तुत हुन नेता कार्यकर्तालाई पार्टीको आग्रह ।

१०. श्रद्दाञ्जलीसभा : माघ १ मा पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा घटनास्थलमा पोखरा महानगरपालिकाद्वारा श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन, शोकले पोखरा, घटनाले कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको मुख्यमन्त्री खगराज अधिकारीको भनाइ ।

११. पुन: उद्योग सञ्चालन गरिन्छ : बन्द भएका उद्योग सञ्चालनको वातावरण बनाउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको भनाइ, उद्योगी व्यवसायीका समस्या सुनेरै समस्या समाधान गरिने प्रतिवद्वता ।

१२. थोरै राहत : नेपाली बजारमा शुक्रबार सुन तोलामा ११ सयले घट्यो, छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय र चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार ।

१३. किन दुर्घटना हुँदैछन् जहाज ? : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको विज्ञहरुको ठहर, हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल दक्ष जनशक्ति परिपूर्ति गर्नुपर्नेमा जोड ।

१४. मध्यावधि निर्वाचन घोषणा : काजकिस्तानका नवनिर्वाचित राष्ट्रपति कास्यम जोमार्ट टोकाइभद्वारा मध्यावधि निर्वाचनको घोषण, मार्च १९ मा तल्लो सदनको निर्वाचन हुने ।

१५. सन्दीप अटाएनन् : क्यानले घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाक्यो, सन्दीप लामिछाने प्रशिक्षणमा परेनन् ।

 

प्रतिक्रिया
सम्बन्धित