मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डीपी अर्याल

दैनिक नेपाल २०७९ माघ १३ गते २२:४३

काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठहर गरेपछि उनको मन्त्री पदसहित पार्टीको सभापति पद पनि स्वत: खारेज भएको थियो ।

सर्वोच्चको फैसलापछि बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो ।

अर्याल वर्तमान सरकारका श्रममन्त्रीसमेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित