बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अब उपनिर्वाचनमा लड्न पाउँछन् कि पाउदैनन रवि ?

दैनिक नेपाल २०७९ माघ १३ गते २२:२७

काठमाडौं, १३ माघ । शुक्रबारको सर्वोच्च अदालतको निर्णयले रवि लामिछाने अनागरिक बनेका छन् ।

अदालतले उनले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै नागरिकता मुद्दामा उनलाई दोषी ठहर गरेको हो । अदालतले उनलाई दोषी ठहर गरेसँगै उनको सबै पद स्वत: खारेज भएको छ ।

उनी आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत रहन पाउँदैनन् । अदालतको आदेशसँगै अब रवि लामिछानेले नेपाली नागरिकता लिएर उपनिर्वाचनमा लड्न पाउँछन् कि पाउँदैनन् भन्ने आमचासो रहेको छ ।

विज्ञहरुका अनुसार रविले पक्रिया पुर्‍याएर नागरिकता लिएर पुन उपनिर्वाचनमा लड्न पाउँछन् । उनले अब अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा बुझाएपछि नागरिकता पुन: प्राप्तीको पक्रिया सुरु हुनेछ ।

उनले पुरानै अभिलेखअनुसारको नागरिकता प्राप्त गर्न सक्नेछन् । नागरिकता प्राप्त गरेपछि उनी पुन: निर्वाचन लड्न योग्य हुनेछन् । उनी निर्वाचिन भएका चितवन २ अहिले रिक्त भएको छ ।

उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति घोषणा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित