१ कार्तिक २०८३, आइतबार

सर्वोच्च अदालत अगाडि रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पक्राउ

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको फैसलापछि अदालत अगाडि नाराबाजी गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले लामिछानेको पक्षमा र सर्वोच्चको विपक्षमा नाराबाजी गरेका हुन्।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको हो।

सर्वोच्चको फैसलासँगै उनी अनागरिक बनेका छन् ।