शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपालमा हवाई दुर्घटना बढ्नुमा के भन्छन् विज्ञहरु ?

दैनिक नेपाल २०७९ माघ १३ गते १७:०६

काठमाडौं, १३ माघ । हवाई विज्ञहरुले नेपाली आकाशमा हवाई दुर्घटना बढ्नुमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेका शर्तहरु नमान्नु प्रमुख कारण रहेको औँल्याएका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक विज्ञहरुले आईकाओको शर्त पालना नगर्नु नै मुख्य दुर्घटनाको कारण भएको बताएका हुन् ।

हवाई दर्घुटनाको अर्को कारणमा दक्ष जनशक्तिको अभाव रहेको पनि विज्ञहरुले बताएका छन् ।

नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको बताए ।

नेपालको हवाइ सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताए ।

प्रतिक्रिया
सम्बन्धित