
काठमाडौं, १३ माघ । काठमाडौंका सुकुम्बासीहरुले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन् । स्थायी विकल्प विना नहटाउन माग गर्दै सुकुम्बासीहरुले बानेश्वरमा प्रदर्शन गरेका हुन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै प्रदर्शन गरेका हुन् । सुकुम्बासी मोर्चाले भूमि अभियन्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प विना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपुर्जा दिनुपर्ने माग गरेका हुन् ।
विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुकुम्बासीबस्ती हटाउन गृहमन्त्री रवि लामिछानेलाई भेटेरै सहयोग मागेपछि सुकुम्बासी आज प्रदर्शनमा उत्रिएका हुन् ।















प्रतिक्रिया