१ कार्तिक २०८३, आइतबार

शिक्षामन्त्री खनालको पुत्ला दहन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

शिक्षामन्त्री खनाल शैक्षिक माफिया भएको आरोप लगाउँदै उनीहरुले राजीनामा माग गरेका हुन् ।

शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको अनेरास्ववियूको आरोप छ।

निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको आरोप पनि अनेरास्ववियूले लगाएको छ ।