१ कार्तिक २०८३, आइतबार

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न गृहद्वारा समिति गठन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । गत मंगलबार काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन हुने भएको छ ।

छानबिनको लागि गृहमन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा गृह मन्त्रायका सह(सचिव नारायणप्रसाद रिसाल रहेका छन् ।

यस्तै सदस्यहरुमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप(अनुसन्धान निर्देशक रहेका छन् ।

आचार्यले सामाजिक सञ्जालमा व्यवसायमा असहयोग गरेका विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरेका थिए ।