१ कार्तिक २०८३, आइतबार

आत्मदाह गरेका प्रेमप्रसादले उल्लेख गरेकाहरुविरुद्व आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । गत मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले नाम लिएकाविरुद्व मुद्वा दर्ता भएको छ ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका नामका व्यक्तिहरुविरुद्व जाहेरी दर्ता भएको हो । आत्मदाह गर्नुअघि आचार्यले लामो पोष्ट लेखेका थिए ।

उनले पोष्टमा आफूलाई असहयोग गर्ने, कारोबारमा बाधा पुर्‍याउनेहरुको नाम उल्लेख गरेका थिए । अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन्।

आफैँलाई आगो लगाएपछि गम्भीर घाइते भएका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।