बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

माओवादी केन्द्रको उपाध्यक्ष बन्दै पूर्वसभामुख सापकोटा

दैनिक नेपाल २०७९ माघ १२ गते १६:१०

काठमाडौं, १२ माघ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने भएका छन् ।

माओवादीले सापकोटालाई उपाध्यक्ष बनाउने तयारीअनुसार छलफल सुरु गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा सापकोटालाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको र छलफल सकारात्मक भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा छन् । सापाकोटालाई महरापछिको मर्यादाक्रममा राख्नेगरी सापकोटालाई उपाध्यक्ष बनाउन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित