शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ११ गते २१:२५

काठमाडौं, ११ माघ । इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि अहिले देश नै तरंगित भएको छ ।

देशभित्रको व्यवसयीक अवस्था कस्तो छ भन्ने विषयमा अहिले बहस नै छेडिएको छ । यसैबीच, आचार्यले उठाएका विषयमा सरकारले पनि चासो देखाएको ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयको छानबिन गर्ने निर्णय गरेको छ । छानबिनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ ।

यस्तै, गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा बुधबार हेर्दाहेर्दैमा रहेको छ । समय अपुग भएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको हो ।

हेरौँ दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. सरकारले छानबिन गर्ने : प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, छानबिनका लागि गृहमन्त्रालाई दिइयो जिम्मेवारी ।

२. रविको मुद्दा हेर्दाहेर्दैमा : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दा बुधबार हेर्दाहेर्दैमा, लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया नपुर्‍याएको भन्दै उनी नेपाली नागरिक नभएको रिट निवेदक पक्षका वकिलको दलिल ।

३. कार्यालय प्रमुखहरुको ब्रिफिङ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका आयोग, विभाग र कार्यालयद्वारा प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई ब्रिफिङ, कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहल, कार्यालयका समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे कार्यालय प्रमुखहरुले गराए प्रधानमन्त्रीलाई जानकारी ।

४. ओलीको काँग्रेसलाई कटाक्ष : नेपाली काँग्रेभित्र देशका विषयमा कुरा नै नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई, देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको टिप्पणी ।

५. उचित छानबिन हुन्छ : आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने गृहमन्त्री रवि लामिछानेको आश्वासन, घटनाप्रति दु:ख व्यक्त गर्दै यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको लामिछानेको भनाइ ।

६. प्रेमप्रसाद आचार्यलाई न्याय देउ : काठमाडौंको बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, सरकारका कारण नै आचार्य आत्मदाह गर्न बाध्य भएको भनाइ ।

७. घुर्कीले काम गरेन : मन्त्री बनेका जनमत पार्टीका खानेपानी मन्त्री अब्दुल खानले ८ दिनपछि गरे पदभार ग्रहण, प्रधानमन्त्री र खानेपानी मन्त्रालयका सचिवको आग्रहमा पदभार ग्रहण गरेको भनाइ ।

८. १ सीटका लागि तीनजनाको उम्मेदवारी : राष्ट्रिय सभाको उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता, नेकपा एमालेका कुमार दसौदी, काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका रोजेन्द्रवीर राय आकांक्षी ।

९. नेकपा एसले बोलायो बैठक : नेकपा एकीकृत समाजवादी माघ २१ र २२ गतेका लागि बोलायो केन्द्रीय कमिटी बैठक, विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्वपूर्ण निर्णय गर्ने जानकारी ।

१०. नेपाल आउँदै उपविदेशमन्त्री : अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल भ्रमणमा आउँदै, भ्रमणको मिति भने टुंगो लाग्न बाँकी ।

११. प्रदेश सरकारले पायो पूर्णता : कर्णाली प्रदेश सरकारले पायो पूर्णता, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ जना र एमालेका ३ जना बने मन्त्री

१२. अटो व्यवसायी प्रदर्शनमा : ट्राफिक प्रहरीका कारण व्यवसाय धरापमा परेको भन्दै अटो व्यवसायीद्वारा काठमाडौं महानगरपालिका अगाडि विरोध प्रर्दशन, महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेको भन्दै ध्यानाकर्षण ।

१३. नेप्से दाहोरो अंकले बढ्यो : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्यो, नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायमे ।

१४. डुंगा दुर्घटनामा गयो ज्यान : घानाको बोनो प्रान्तको विद्यार्थी बोकेको डुंगा दुर्घटना, दुर्घटनामा परेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु ।

१५. सान्तोष पोल्याण्डको टीममा : पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त, ६८ वर्षीय प्रशिक्षक सान्तोष र पोल्याण्ड राष्ट्रिय फुटबल टीमबीच तीन वर्षको सम्झौता ।

प्रतिक्रिया
सम्बन्धित