बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: बाजुरामा भूकम्पदेखि प्रधानमन्त्रीको मन्त्रीहरुलाई चेतावनीसम्म

दैनिक नेपाल २०७९ माघ १० गते २२:०१

काठमाडौं, १० माघ । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । हिमाली गाउँपालिका गौमुललाई केन्द्रबिन्दु बनाएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परेर १ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यस्तै ८० वटा घर भत्किएका छन् । भूकम्पसँगै बाजुराका स्थानीय त्रसित भएका छन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आफ्नो एक महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

हेरौँ मंगलबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. फेरि भूकम्पको त्रास : बाजुरालाई केन्द्रबिन्दु बनाएर गएको ५.१ रेक्टरस्केलको भूकम्पमा परेर १ जना महिलाको मृत्यु, एकजना घाइते, मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया ।

२. प्रधानमन्त्रीले के–के काम गरे ? : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा आफ्नो एक महिने कार्यकालको कार्यप्रगति सार्वजनिक, प्रधानमन्त्रीको एक महिना केही गर्नै पर्छ भन्नेमा केन्द्रीय रहेको उल्लेख ।

३. प्रधानमन्त्री र अध्यक्षबीच भेटवार्ता : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल ।

४. प्रधानमन्त्रीको चेतावनी : संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चेतावनी, मन्त्रिपरिषदमा रहेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरोधी प्रचार प्रसार गर्ने छुट कसैलाई पनि नभएको भनाइ ।

५. गृहमन्त्री संसदमा : राज्यका संयन्त्रहरुलाई पहिले चलाएझैँ चलाउन छोड्न गृहमन्त्री रवि लामिछानेको आग्रह, राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक रहेको भनाई ।

६. गृहमन्त्री र राजदूतबीच भेट : गृहमन्त्री रवि लामिछाने र अमेरिकी राजदूतबीच भेटवार्ता, नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी ।

७. नियमावली समिति गठन : संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित ।

८. शिक्षामन्त्रीको स्पष्टोक्ति : उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको शिक्षामन्त्री शिशिर खनालको भनाई, गुणस्तरीय शिक्षा मात्र नभई सङ्घीयताको मर्म र भावनालाई विश्वविद्यालयले बोकेको स्पष्टीकरण ।

९. स्पष्टीकरण माग : विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने सातवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण, सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन ।

१०. गण्डकी सरकार पूर्ण : ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पायो पूर्णता, नेकपा एमालेका रोशन गाहा मगर, वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले लिए पद तथा गोपनीयताको सपथ ।

११. पाण्डे दोषी ठहर : ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर गरेका, ६ महिना कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला, ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने, अर्को पेशी माघ २३ गतेका लागि तोकिएको छ ।

१२. पाइलट निलम्बित : स्याङजाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डंगोललाइ निलम्बित, खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै कारबाही गरिएको नागरिक उड्डयन प्रधिकरणको भनाई ।

१३. सुनको मूल्यमा ऐतिहासिक रेकर्ड : मंगलबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३००, तेजाबी प्रतितोला १ लाख ५ हजार ८०० र चाँदी १३ सय ६५ रुपैयाँमा कारोबार ।

१४. विद्रोही मारिए : सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिए, युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकु पनि मारिएको जानकारी ।

१५. केसी बने मुख्य प्रशिक्षक : थ्री स्टार क्लबको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त, थ्री स्टार र केसीबीच १ वर्षको सम्झौता ।

 

प्रतिक्रिया
सम्बन्धित