बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ९ गते २२:३४

काठमाडौं, ९ माघ । संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली काँग्रेसले पाएको छ ।

संसद सचिवालयले सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधा दिने निर्णय गरेसँगै काँग्रेसले प्रतिपक्षीको मान्यता पाएको हो ।

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि काँग्रेस प्रतिपक्षी नरहेको भन्दै नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले आफूलाई प्रमुख प्रतिपक्षीको मान्यता दिन माग गर्दै संसद सचिवालयलाई पत्र लेखेका थिए ।

हेरौँ सोमबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. काँग्रेस प्रमुख प्रतिपक्षी दल : नेपाली काँग्रेसले पायो संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता, काँग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम पाउने उल्लेख ।

२. प्रधानमन्त्री र सभामुखबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता, समसामायिक विषयवस्तुमा छलफल भएको जानकारी ।

३. राष्ट्रपति पाउने आश : राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने नेपाली काँग्रेसको निर्णय, समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने ।

४. विभूषण रद्द : हत्या आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको विभूषण रद्द, विभूषण रद्द गरिएकामा एमाले सांसद कोइरी, भ्रष्टाचार मु्द्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ ।

५. मन्त्रीको कडा निर्देशन : हरेक दिन विमानस्थलको रिपोर्ट मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीको निर्देशन, काम नसक्ने हो भने निगम पदाधिकारीहरुले राजीनामा दिन चुनौती ।

६. मन्त्रालय संख्या घट्यो : गण्डकी प्रदेशको मन्त्रालय १२ वटाबाट घटाएर ७ वटा मात्रै बनाउने निर्णय, अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय मात्रै रहने ।

७. ६० जनाको शव बुझाइयो : यति एयर विमान दुर्घटनामा मृत्यु भएको ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो, सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको जानकारी ।

८. पोखरेल बने प्रवक्ता : नेपाल प्रहरीको प्रवक्तामा पोषराज पोखरेल नियुक्त, यसअघि प्रवक्ता रहेका टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा ।

९. दुई क्रिकेटर पक्राउ : नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेट आदिल अन्सारी र मेहबुब आलम पक्राउ, मेहबुबले बाहिर बसेर ‘स्पट फिक्सिङ’को प्रस्ताव गरेका र अन्सारीले ‘स्पट फिक्सिङ’ गरेको प्रमाण फेला परेको सीआईबीको ठहर ।

१०. अधिकारकर्मी पक्राउ : बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीका न्यायका लागि प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ, पक्राउ पर्नेमा अधिकारकर्मी रुवि खानसहित ७ जना ।

११. चुँडाल पक्राउ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनलका शाखा प्रमुख पूर्ण प्रसाद चुँडाल अख्यिारको नियन्त्रणमा, घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भनाइ ।

१२. छानबिनको समय थपियो : काठमाडौं महानगरपालिकामा प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिनका लागि दोस्रो पटक म्याद थप, छानबिनका लागि एक साता समय थपियो ।

१३. सेयर कारोबारमा गिरावट : सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट,१ कारोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाख ९ हजारमा किनबेच ।

१४. देशैभर विद्युत अवरुद्व : पाकिस्तानभर सोमबार तीन घण्टा विद्युत अवरुद्व हुँदा कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित, राष्ट्रिय ग्रिडमा त्रुटि आएको कारण विद्युत अवरुद्ध भएको भनाइ ।

१५. टीम घोषणा : अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा बंगलादेशमा आयोजना हुने साफ यू–२० का लागि राष्ट्रिय महिला फुटबल टीमको घोषणा, च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुने ।

प्रतिक्रिया
सम्बन्धित