
बेइजिङ, ९ माघ । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग सम्बन्धित फोटाहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ । सो स्टेशन पृथ्वीभन्दा करिब चार सय किलोमिटरको उचाइमा रहेको छ ।
अन्तरिक्ष यात्री फेइ जुनलङ, देङ छिङमिङ र झाङ लुले खिचेका २१ वटा तस्वीरहरू प्रदर्शनीमा राखिएका छन् ।
पर्दर्शनीमा राखिएका फोटाहरू नोभेम्बर २०२१ मा शुरु भएको ‘ग्लोबल लेन्स अन टियाङगोङ’ नामक परियोजनामा विभिन्न स्रोतहरूबाट सङ्कलन गरिएका लगायतका छन् । यस परियोजनाले पेशेवर फोटोग्राफरहरू, खगोल विज्ञानमा जिज्ञासा राख्नेहरू र युवाहरूको व्यापक ध्यानाकर्षण गरेको छ ।
तियाङगोङ अन्तरिक्ष स्टेशनमा प्रदर्शित तस्वीरहरू गत वर्ष नोभेम्बर २९ मा शेन्झाउ-१५ मिसनसँगै प्रक्षेपण गरिएको थियो । शेन्झाउ-१५ मिसनले अन्तरिक्ष स्टेशन निर्माणलाई अन्तिम चरण दिने र यसको प्रयोग र विकासको कार्यक्रम शुरु गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा















प्रतिक्रिया