
काठमाडौं, ९ माघ । काठमाडौं महानगरपालिकका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि अनुसन्धानका लागि दोस्रो पटक एक साताको म्याद थपिएको छ ।
प्रहरी प्रमुख पाण्डेले तल्ला तहका कर्मचारीहरुमाथि अत्याचार गर्ने गरेको तथा महिला प्रहरीमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि महानगरले गत पुस ८ गते छानबिन समिति गठन गरेको थियो ।
महानगरले सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा पोखरेलसँगै न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्। महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो।















प्रतिक्रिया