शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेजाको अधिवेशन ह्युस्टनमा हुने

दैनिक नेपाल २०७९ माघ ९ गते ८:४४

ह्युस्टन, ९ माघ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको ह्युस्टन सहरमा हुने भएको छ ।

सल्लाहकारसहित नेजा कार्यसमितिको जनवरी १६, २०२३ मा बसेको बैठकले संघको साधारण सभा यही २०२३ मे महिनाको २० र २१ गते ह्युस्टनमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष विकासराज न्यौपानको अध्यक्षतामा बैठक बसेको थियो ।

संघको १५औं साधारण सभा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा भएको थियो । यसअघि संघको चौथो अधिवेशन २०१४ मा ह्युस्टनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित