३ कार्तिक २०८३, मंगलबार

चीनमा एक सातामा कोभिडको कारण १३ हजारको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, ९ माघ । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ संक्रमणको कारण मृत्यु भएको छ ।

गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस संक्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको संक्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ । एएफपी