
काठमाडौं, ८ माघ । काठमाडौंको टुँडिखेलमा आइतबार तामाङ समुदायको सोनाम ल्होसार भव्य कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरू भएको छ । आजदेखि ताकल्हो (बाघ वर्ष) लाई बिदाई गरी आजदेखि ह्योई (खरायो वर्ष) ल्हो वर्ष सुरू भएको छ ।

































प्रतिक्रिया