१ कार्तिक २०८३, आइतबार

राम्रो संविधान बनेपनि मुलुकले राजनीतिक स्थायीत्व पाउन सकेन: पूर्वराष्ट्रपति यादव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका हुन् । उनले अझैपनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको बताए ।

उनले असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताए । उनले समाजलाई राम्रो योगदान दिनहरुलाई सदैव सम्झनुपर्ने बताए ।

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित वरिष्ट साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न ५१ हजार हस्तान्तरण गरे ।