
काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठक यहि माघ १२ गतेका लागि बोलाइएको हो । विशेषगरी स्थायी कमिटी बैठकमा विभिन्न दलहरुसँग पार्टी एकताका विषयमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् ।
नेपाल समाजवादी पार्टी लगायत केही दलसँग एकताका लागि माओवादीले गृहकार्य गरिरहेको छ ।
यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया