
काठमाडौं, ८ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले राष्ट्रपति पदका लागि नखेल्न नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुख र उपसभामुखमा आफ्नै उम्मेदवार खडा गरेको प्रशंग जोड्दै थापाले काँग्रेसले आफ्नो इमान गुमाइसकेको र अब राष्ट्रपति पदका लागि खेल्न खोजिरहेको भन्दै नखेल्न सुझाव दिएका हुन् ।
राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र नभएको भन्दै थापाले काँग्रेस नेतृत्वको गठबन्धन आफैभित्र कमजोर भइसकेको बताएका छन् ।
‘एक महिनामै काङ्ग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्वीर देखिएको छ नि ?’ भन्दै थापाले काँग्रेसलाई प्रश्न गरेका छन् ।















प्रतिक्रिया