१ कार्तिक २०८३, आइतबार

शाहरुख खानले राति २ बजे मुख्यमन्त्रीलाई फोन गरेपछि…

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । बलिउड सुपरस्टार शाहरुख खानले राति २ बजे आसामका मुख्मन्त्री विश्व शर्मालाई फोन गरेका छन् ।

मुख्यमन्त्री शर्माले शाहरुख खानले फिल्म ‘पठान’ को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका हुन् । मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्विटरमार्फत आफूलाई अभिनेता खानले आफूलाई राति २ बजे फोन गरेको जानकारी दिएका छन्।

बलिउड अभिनेता श्री शाहरुख खानले मलाई फोन गरेका थिए र आज बिहान २ बजे हामीबीच कुराकानी भयो। उनले गुवाहाटीमा फिल्मको स्क्रिनिङका क्रममा भएको घटनाप्रति चिन्ता व्यक्त गरे। मैले उनलाई आश्वासन दिएको छु– शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी राज्य सरकारको हो, हामी त्यसलाई हेरेर यस्तो अप्रिय घटना नदोहोरियोस् भनेर सुनिश्चित गर्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको हिंसात्मक विरोध गरिरहेको विषयमा प्रश्न सोध्दा शर्माले ‘शाहरुख खान को हुन् ? मलाई उनको वा उनको फिल्म पठानको बारेमा केही थाहा छैन।’ भन्ने जवाफ दिएका थिए ।