१ कार्तिक २०८३, आइतबार

प्रमुख प्रतिपक्षी दलको सुविधा माग्दै कांग्रेसले लेख्यो पत्र

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका माग गर्दै नेपाली काँग्रेसवे संसद सचिवालयलाई पत्र पठाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘लाई विश्वासको मत दिएपछि काँग्रेस प्रतिपक्षी हो वा होइन भन्ने विवाद भइरहेकाबेलामा काँग्रेस प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा माग गर्दै पत्र लेखेको हो ।

पत्रमा प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरिएको छ ।

काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी दलका लागि नेपाल मजदुर किसान पार्टीले यसअघि नै पत्र पठाइसेको छ ।