१ कार्तिक २०८३, आइतबार

बालेन शैलीमा हर्कले पनि चलाए डोजर, स्थानीयले डोजरमाथि नै गरे आक्रमण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको छ ।

आइतबार बिहान उपमहानगरपालिका ५ देउरालीमा निर्माण भएको अवैध संरचनामा डोजर चलाएको हो । संरचना भत्काउन डोजर पुगेपछि स्थानीयले डोजरमाथि नै आक्रमण गरेका थिए ।

आक्रमणबाट डोजरमा क्षति पुग्नुका साथै केही व्यक्ति घाइतेसमेत भएका छन् । स्थानीयका आक्रमणका बाबजुत पनि सुरकक्षाकर्मीको सहयोगमा सार्वजनिक जग्गा खाली गराएको हो ।

सार्वजनिक जग्गामा संरचना निर्माण गर्दा पनि अटेर गरी निर्माण गरेपछि भत्काउन बाध्य भएको उपमहानगरपालिकाले बताएको छ ।

यसअघि पनि सो क्षेत्र खाली गराउने प्रयास भएकोमा उपमहानगर असफल भएको थियो ।