
काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीके राउत नेतृत्वको जनमत पार्टीलाई छलफलका लागि बोलाएका छन् ।
रोजेको मन्त्रालय नपाएको भन्दै जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण नगरेपछि प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन् ।
जनमत पार्टीले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग राख्दै आएकोमा मन्त्राय बाँडफाँडका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो ।
खानेपानी मन्त्री बनेका खानले राष्ट्रपतिबाट सपथ लिए पनि हालसम्म पदभार ग्रहण गरेका छैनन् ।















प्रतिक्रिया