१ कार्तिक २०८३, आइतबार

तटस्थ बसौँ भनेर भनेको थिएँ, विश्वासको मत दिएर गल्ती भयो: शेखर कोइराला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर गल्ती भएको बताएका छन् ।

आइतबार बसेको संस्थापन इतर पक्षको बैठकलाई सम्बोधन गर्दै कोइरालाले आफूले विश्वासको मत निदउँ भन्दा भन्दै दिएर गल्ती भएको बताएका हुन् ।

‘‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो,’ उनले भने ।