
काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा न्याय विभागले छापा मारेको छ ।
शुक्रबार न्याय विभागले १३ घण्टा लगाएर बाइडेनको घरमा छापा मारेको हो । बाइडनको घरबाट ६ वटा महत्त्वपूर्ण कागजातहरू फेला परेको बताइएको छ ।
फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपाध्यक्ष हुँदाको बेलाको भएको बताइएको छ।
वकिल बब बउरका अनसार व्यक्तिगत रूपमा हस्तलिखित नोट तथा अन्या आसपासका सामग्रीहरु पनि जफत गरिएको छ। कागजातको अनुसन्धानपछि थप प्रक्रियाहरू अघि बढ्ने जनाइएको छ।















प्रतिक्रिया