१ कार्तिक २०८३, आइतबार

उडिरहेको विमानमा महिलामाथि पिसाब गर्ने पुरुषलाई चालीस लाख जरिवाना

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब ४० लाख जरिवाना गराएको छ ।

गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो ।

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।

त्यसैगरी उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।