
दाङ, ७ माघ । दाङमा ६३ वर्षीय वृद्धद्वारा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती बालिकालाई माघ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया