१ कार्तिक २०८३, आइतबार

प्रहरीले प्रधानमन्त्रीलाई तिरायो जरिवाना

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई प्रहरीले जरिवाना गरेको छ ।

गाडीको सिटबेल्ट नबाँधेको भन्दै प्रहरीले प्रधानमन्त्री सुनकलाई जरिवाना गरेको हो । प्रधानमन्त्री सुनकले गाडीमा सवार रहेका बेला भिडियो बनाउने क्रममा सीट बेल्ट खोलेका थिए ।

प्रधानमन्त्री सुनकले आफ्नो गल्ती स्वीकार गर्दै माफीसमेत मागेका छन् । बेलायतमा कारमा सिटबेल्ट नलगाएमा १०० पाउन्ड जरिवाना तिर्नुपर्छ ।

यदि कसैले जरिवाना तिर्न नमानेमा वा मुद्दा अदालतसम्म पुगेमा भने उक्त जरिवाना ५०० पाउन्डसम्म तिर्नुपर्नेछ ।