१ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री संविधान ध्वस्त पार्न ढुकेर बसेका छन्: मेटमणि चौधरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणि चौधरीले अहिले पनि नेपालको संविधान ध्वस्त पार्ने प्रयास भइरहेको बताएका छन् ।

शनिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान च्यात्न ढुकेर बसेका बताएका हुन् ।

‘अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि आक्रमणका लागि ढुकेर बसेका छन् । नेपालको कानुन च्यातचुत पार्न, ध्वस्त पार्न पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहा छ । बाटो ढुकेर बसेका छन् । त्यस्ता व्यक्तिको उस्थिति संसदमा भयो भने नेपालको संविधान ध्वस्त हुनसक्छ,’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयको बचाउ गरेकोप्रति पनि चौधरीले असन्तुष्टि व्यक्त गरेका छन् ।

संविधानमा कतैपनि संसद विघटन गर्ने अधिकार नभएको भन्दै बेठिक कुतर्क भइरहेको बताएका छन् । उनले बेठिक कुतर्क गर्नेहरुलाई कक्षामा राखेर पढाउनेपर्ने भन्दै कटाक्षसमेत गरे ।