
काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले देशमा लोकतन्त्र सुदृढ हुँदै गएको संकेत देखिएको बताएकी छिन् ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले उपसभामुखका लागि दुई सिमान्तकृत महिला प्रतिस्पर्धा गरिरहेका भन्दै गौतमले यसले लोकतन्त्र सुदृढ हुँदै गएको भन्ने संकेत भएको बताइन् ।
उनले राजनीति गर्न ठूलो शरिर भएको ठूलो काँध भएका व्यक्ति हुनुपर्छ भन्ने भाष्यलाई गलत सावित भएको भन्दै आफ्नो उपस्थिती ऐतिहासिक भएको बताइन् ।
‘मेरो यो उपस्थिती सदनका लागि ऐतिहासिक क्षण हुन सक्छ । संभवत यसअघि म भन्दा कान्छो व्यक्तिले सदनलाई सम्बोधन गर्ने मौका अवस्य पाएको थिएन,’ उनले भनिन् ।
गौतम उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरकी प्रस्ताव हुन् ।















प्रतिक्रिया