
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न आज ह्विप जारी गरेका हुन् ।
उनले इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न समेत ह्विप जारी गरेका छन् ।
उपसभामुखको निर्वाचन भोलि हुँदै छ ।















प्रतिक्रिया