![]()
काठमाडौं, ६ माघ । रोजगारीको सिलसिलामा मलेसिया पुगेर बन्धक बनेका १२ जना नेपाली नेपाल फर्किएका छन् ।
उनीहरु शुक्रबार नेपाल आइपुगेका हुन् । यसअघि ७ जनाको उद्दार गरेर नेपाल फर्काइएको थियो ।
आज फर्किनेमा गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का रहेका छन् ।
उनीहरु पुस १७ गतेबाट मलेसियाको केलाङमा बन्धन बनाइएका थिए । उनीहरुलाई बन्धक बनाउनुका साथै यातना दिएको खबर बाहिरिएपछि सरकारलेसमेत यसमा चासो व्यक्त गरेको थियो ।















प्रतिक्रिया